हिमाली आवाज । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ ।

उहाँले १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत ल्याउनुभयो ।
गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एसका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई यसअघि विसं २०७६ को उपनिर्वाचनमा प्रतिनिधिसभामा विजयी हुुनुभएको थियो ।