कास्की क्षेत्र नं ३ मा एमालेका दामोदर पौडेल फराकिलो मतान्तरले विजयी

हिमाली आवाज । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार दामोदर पौडेल(बैरागी) विजयी हुनुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनको मत गणनाको आज विहान घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार पौडेलले नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहनुभएका रामजी प्रसाद बराललाई पाँच हजार ४४५ को फराकिलो मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

विजयी पौडेलले २२ हजार ९८० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार १८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार ४४२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Comments
Loading...