पोखराको एभरेस्ट एफएमले दोस्रो वार्षिकोत्सव मनायो, मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने

हिमाली आवाज । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले मानव सेवाआश्रम पोखरा–२५ हेमजाका लागि एउटा कोठा निर्माण गरिदिने भएको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो ।

आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप रु एक लाख शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवाआश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गर्नुभयो ।

यसअघि एफएम सञ्चालन शुभारम्भको अवसरमा २०७७ सालमाप पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँप्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले गत वर्ष खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।

यसैबीच, एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमपनि गरेको छ । कार्यक्रममा एफएमका प्राविधिक प्रमुख पञ्चसुबा गुरुङ (दीलु) बेष्ट स्टाफ अफ दी ईयर घोषित हुनुभयो । उहाँलाई नगद रकम १५ हजार ६ सय ७५ रुपैयाँ सहित दोषल्ला, माला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

अध्यक्ष कर्मकुमारी गुरुङ, प्रमोटर दीपक कार्की, प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठ, टेक्निकल डाइरेक्टर रविभुषण पराजुली, समाचार प्रमुख सन्देश श्रेष्ठ, जुना थापा लगायतले नगद, दोसल्ला, ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गर्नुभयो ।

एभरेस्ट एफएम“आवाजबिहिनका आवाज”मुल मन्त्रका साथ एभरेस्ट मिडिया हाउस प्रा.लि.द्वारा पोखराबाट प्रसारण हुने एक ब्यवसायिक प्रसारण संस्था हो ।

एभरेस्ट मिडिया हाउसले एम.एम.संगै एभरेस्ट आवाज डटकम नामक अनलाइन न्यूजपोर्टल पनि संचालन गर्दै आएको छ ।
यसैबीच, एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले रेडियोको परोपकारी कामबाट प्रभावित भई मानव सेवा आश्रमकालागि थप अर्को एउटा कक्ष निर्माण गरिदिने घोषणा गर्नुभयो । त्यसका लागि ५ लाख ५५ हजार ५५५ प्रदानग र्ने घोषणा गर्दै सो रकम केही दिनभित्रै हस्तान्तरण गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

पोखरा २५ हेम्जा बाबियातरामा संचालित आश्रमको अहिले भवन निर्माणाधिन अवस्थामा छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीबृद्धिको लागि“मानवताको लागि संगीतिक यात्रा”भन्ने नाराका साथ पोखरामा यहि पुष १२ गते नेपथ्य लाईभ कन्सर्ट हुँदैछ । कन्सर्ट पोखराको नयाँबजार स्थित प्रदशनी केन्द्रमाहुने आश्रमका प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

Comments
Loading...