परराष्ट्रमन्त्री नारायण खड्का उदयपुरबाट निर्वाचित

हिमाली आवाज । परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट चौथो पटक सांसद निर्वाचित हुनुभएको छ । खड्का ३१ हजार २७० मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभयो ।

देशको अधिकांश क्षेत्रको मतपरिणाम आइसक्दा उदयपुर–१ मा भने विवाद भएर पटकपटक मतगणना रोकिँदा नतिजा आउन ढिलाइ भएको थियो । निर्वाचित खड्का उदयपुर–१ बाट २०६४ को निर्वाचनयता लगातार विजयी हुँदै आउनुभएको छ ।

Comments
Loading...