हिमाली आवाज । पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारी सकिएको जनाएको छ ।
समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलाको सबैजसो तयारी सकिएको हो । मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको शुक्रबार गण्डकीका कानून,संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुहुनेछ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यले आयोजना गरिएको उहाँको भनाई छ ।
संघका महासचिव बलराम आचार्यका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी सरकार,पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रालि, इ–सेवा गरिमा विकास बैंक लिमिटेड,बाल्ट्रा होम एल्लाइन्सेस तथा शिव शिखर एग्रो प्रालिको मुख्य सह प्रायोजन रहेको छ ।

मेलालाई बाइबाई चाउचाउ,राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक लिमिटेड, बागमती प्लाष्टिक, डाबर नेपाल,प्रभु बैंक लिमिटेड, अन्नपूर्ण केबलकार,गृहलक्ष्मी ग्यास कम्पनी,नेपाल टेलिकम, कोसेली तेल,युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी (युआरएल),हरपल चामल, सोल्टी पानी, लक्ष्मी हुण्डाइ,सफल दूध,उपकार ब्राण्ड,अर्ना बियरको प्रायोजन रहेको छ ।
मेलाको मञ्च प्रायोजकमा कृषि विकास बैंक लिमिटेड,टिकट प्रायोजकमा किङ क्वाइल,गेटपास प्रायोजकमा आइएसएमटी कलेज पोखरा,ब्रोसर प्रायोजकमा माछापुच्छे« बैंक लिमिटेड,इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स लिमिटेड,हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट र चौतारी बुटिक,मुख्य गेट प्रायोजकमा नेपाल बैंक लिमिटेड र ग्यालेक्सी हस्पिटल,हेल्थ पार्टनरमा मणिपाल अस्पताल,इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाअन्तर्गत डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहेका छन् । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् ।
सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान गर्दैछ । ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमका अलावा रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि समावेश गरिएको छ । मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि १ सय र विद्यार्थीको लागि ६० रुपैयाँ कायम गरिएको छ । संघका महासचिव आचार्यका अनुसार मेला अवधिभर प्रदर्शनी केन्द्रमा उद्यमशीलतासम्बन्धी सेमिनारको पनि आयोजना गरिनेछ । मेलाको समुद्घाटन अगाडि संघको सचिवालयबाट मेला प्रदर्शनीस्थलसम्म प्रभातफेरीको आयोजना पनि गरिनेछ ।