स्याङ्जा क्षेत्र नं २ मा एमालेकी पद्मा अर्यालको अग्रता

हिमाली आवाज । स्याङ्जा क्षेत्र नं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिनुभएको छ ।

अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिँदा नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत ल्याउनुभएको छ ।

स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको उनीहरूको आरोप थियो ।

Comments
Loading...