बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेको अग्रता कायमै

बाजुरा । एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ ।

मत विवादका कारण निर्वाचनको ११ औं दिनमा सुरु गरिएको मतगणना अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहनुभएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणानअनुसार २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका पाण्डेले ११ हजार ७६ मत पाउनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गर्नुभएको छ ।

उहााँहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ । बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।

 

Comments
Loading...