अर्थतन्त्र सुधार गर्न नसके नेपाल पनि श्रीलंकाको बाटोमा : मन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर हुन नसके नेपाल पनि श्रीलंकाको बाटोमा पुग्न सक्ने बताउनुभएको छ ।

पोखरा १० को श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरा १३ को कसेरी वयरघारीमा सम्पन्न भएको चौधांै बार्षिक साधारण सभाको उद्घाटन गदैै मन्त्री बरालले उक्त कुरा बताउनुभयो ।

नेपालमा उत्पादन कम, उपभोक्ताबादले गर्दा हाल बैंक तथा सहकारीहरुमा समेत पैसा अभाव भएकोले यसलाई समयमै व्यबस्थापन गर्न राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर रुपमा सुधार गर्नुपर्ने अन्यथा श्रीलङका जस्तो आर्थिक संकटमा देश जाने उहाँको भनाई छ ।
सहकारीको लक्ष्य र उद्धेश्य केन्द्रित हुनुपर्ने बताउदै मन्त्री बरालले सहकारीमा पनि हाल धेरै समस्या आएको बताउनुभयो ।

सहकारी आफै सत्ताको रुपमा हुँदा अराजकता बढ्दै गएको मन्त्री बरालले बताउनुभयो । एक सहकारी एक उत्पादन भन्ने कुरा आए पनि हाल व्यावहारमा खासै लागु हुन नसकेको बरालको भनाई छ ।

मन्त्री बरालले हालै सम्पन्न निर्वाचनले राजनीति स्थायीत्व भन्दा राजनीतिक तरलता हुने जस्तो देखिएको मन्त्री बरालको भनाई थियो ।
सहकारीका अध्यक्ष मीन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान प्रदेश सांसद गायत्री गुरुङ, सहकारीका सल्लाहकार टिका कार्की, संस्थापक अध्यक्ष प्रा.डा.कृष्ण केसी, उपाध्यक्ष कृष्ण प्रसाद गौतम लगायतले भनाई राख्नुभयो । उक्त सहकारीमा हाल ६ सय ९३ जना शेयर सदस्य रहेको सचिव रामचन्द्र अधिकारीले बताउनुभयो।

आर्थिक बर्ष २०७८÷०७९ को असार मसान्तरसम्म संस्थाको शेयर चुक्ता पूंजि ३ करोड ७ लाख ९९ हजार रहेको छ भने निक्षेप १७ करोड ७१ लाख ९६ हजार ७ सय ८० रुपैया रहेको छ । संस्थाले १९ करोड ५७ लाख ८६ हजार ६ सय ९६ रुपैया ऋण लगानी गरेको छ ।

Comments
Loading...