पोखरा ट्रेड मलमा सपिङ गरेर पुरस्कार जित्दा उत्साहित भए विजेताहरु

हिमाली आवाज । पोखरा महानगरपालिका–७ रत्नचोककी की तारा गुरुङले पोखराको ट्रेड मलमा किनमेल गर्दा रु ५० हजार पुरस्कार जित्न सफल हुनुभएको छ ।

ट्रेड मलले दशैँ तिहार २०७९ लाई लक्षित गरेर ल्याएको नगदै नगदको वर्षा उपहार योजनामा पहिलोपटक सो रकमको पुरस्कार जितेकामा आफू खुःशीले गद्ग गद् भएको उहाँ बताउनुहुन्छ । शुक्रबार मलले एक औपचारिक कार्यक्रम गरी पुरस्कार रकम हस्तान्तरण कार्यक्रममा उहाँको मुहारमा खुशी झल्कन्थ्यो ।

ट्रेड मलमा सामान किनमेलसँगै हजारौँ पुरस्कार पाउँदा उहाँमा औधी खुशी लागेको बताउनुभयो । गुरुङले भन्नुभयो,“ उपहार योजना छ भनेर थाहा त थियो तर आफैलाई सबैभन्दा ठूलो रकमको पुरस्कार बम्परमा पर्ला भन्ने कल्पना समेत थिएन । पुरस्कार पाउँदा असाध्यै खुशी लागेको छ ।”

ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा मार्फत तारा गुरुङले रु ५० हजार पुरस्कार जित्दा मेलिमा गुरुङ र कल्पना पौडेल रेग्मीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । विजेता तीनै जनालाई आज सो पुरस्कार रकम हस्तान्तरण गरिएको हो । विजेता मेलिममा र कल्पनाले पनि आफूहरु पुरस्कार प्राप्त गर्दा उत्साहित भएको बताउनुभयो ।

पुरस्कार हस्तान्तरण समारोहमा पोखरा ट्रेड मलका सञ्चालक एवं उत्सव व्यवस्थापन समितिका सल्लाहकार बासुदेव पराजुली, उत्सव व्यवस्थापन समितिका सल्लाहकारद्धय माधव तिमिल्सिना र गोपाल बाटाजु, उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठी, उपाध्यक्ष सीमा कोइराला, सचिव रमेश बराल, सदस्य सचिव कृष्ण भुसाल, कोषाध्यक्ष रघु दवाडी, सहकोषाध्यक्ष, धर्मदत्त अधिकारी सदस्यहरु राजीव क्षेत्री, नवराज ढुँगाना लगायत सहभागी हुनुहुन्थ्यो ।

चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँले उपहार योजना सफल भएकाले यसमा साथ र सहयोग गर्ने सवैप्रति आभार समेत व्यक्त गर्नुभएको छ ।

पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।

Comments
Loading...