काभ्रेको बेथानचोकमा बस दुर्घटना,१७ जनाको मृत्यु

काठमाडौँ । काभ्रेको बेथानचोकमा आज साँझ यात्रु बाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments
Loading...