हिमाली आवाज । पोखरा महानगरपालिका– १४ स्थित कालिका बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसमा आज सम्पन्न प्रतियोगितामा विभिन्न संकाय गरि ११ टिमले सहभागिता जनाएका थिए ।
जस अन्र्तगत बिएड चौथो बर्षका विद्यार्थी उर्मिला थापा,सुस्मिता नेपाली ,दिपेश फगामी र सलिना गुरुङको टोली प्रथम हुन सफल भएको छ । यसैगरी कक्षा १२ शिक्षा संकायका विद्यार्थी हिरा बराम,चेली गुरुङ, रिना बिक र लोक माया घर्तीको टोलीले द्धितीय स्थान हासिल गरेको छ ।
कक्षा १२ विज्ञान संकायका विद्यार्थी समियुल आचार्य ,आशिस कुँवर, प्रबिना भण्डारी र विश्वनाथ साहको टोली तृतिय भयो । हाजिरी जवाफ कार्यक्रमका संयोजक एवं क्याम्पसका शिक्षा बिभाग प्रमुख लोकनाथ सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख सह प्राध्यापक बिरेन्जी गौतम तथा बिशेश अतिथी सहायक क्याम्पस प्रमुख दोय शलिकराम तिमिल्सिना र युबराज गुरुङ रहनु भएको थियो ।
क्यापसको ३१ औँ बार्षिकउत्सवको अवसरमा विभिन्न्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन भइरहेका छन् । अतिरिक्त क्रियाकलापहरु अन्र्तगत नेपाली निबन्ध प्रतियोगिता र अङग्रेजी निबन्ध प्रतियोगिता सम्पन्न भइसकेको अतिरिक्त क्रियाकलाप प्रमुख शिशिर ज्ञवाली जानकारी दिनुभयो ।
क्यापसको ३१ औँ बार्षिकउत्सवको अवसरमै यही पुस १ गते नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम विद्यार्थी कल्याणकारी समितिले गदैँ छ । यसैबीच सामुहिक नृत्य प्रतियोगिता तथा नेपाली कविता वाचन प्रतियोगिता रहेको संयोजक शंकर ज्ञवालीले बताउनुभयो ।

आगामी पुस ८ गते रक्तदान कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता रहेको छ । यसैगरी पौषको ११ गते बहृत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सरसफाई कार्यक्रम पोखरा १४ स्थित काजिपोखरीका विभिन्न आमा समुहसँग सहकार्य गरेर क्याम्पस प्राङगण देखि विरेन्द्र चोक सम्म पुग्ने क्याम्पसले जनाएको छ ।
यस्तै खेलकुद सम्बन्धि कार्यक्रम पौष ५ गते देखि ९ गते सम्म हुदैँ छन् । जस अन्र्तगत ब्याडमिन्टन ,टेबलटेनिस ,भलिबल , हाइ जम्प , लम्म जम्प , बास्केट बल रहेका छन् ।
क्याम्पसको ३१ औँ बार्षिकउत्सवमा त्रिभुवन विश्वविद्याल ब्यबस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा हुने क्याम्पसले जनाएको छ ।
कालिका बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय अनुदान आयोग द्धारा निर्धारण गरेका आधारहरु पूरा गरेको क्याम्पस प्रमुख विरन्जी गौतमले बताउनुभयो ।
कालिका बहुमुखी क्याम्पसमा हाल एक हजार ६५० विद्यार्थी अध्यनरत रहेका छन् ।