बुद्ध विशाल बजारको उपहार योजनाका विजेताहरू घोषणा

हिमाली आवाज । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ ।

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको हो । पहिलो पुरस्कार डियो स्कुटर बिजेता टिकट नम्वर ४३१२५ रहेको छ भने दोस्रो पुरस्कार स्मार्ट टिभी बिजेता टिकट नम्बर ६१७८० रहेको छ भने अन्तिम तथा तेस्रो पुरस्कार बिजता स्मार्ट फोन बिजेता टिकट नम्बरहरू ८२९७६,१९९१३,६०८१७ रहेका छन् ।

एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताउदै बिजेता टिकट नम्बरहरू घोषणा गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष खत्रीले ग्राहकहरूलाई बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन निशुल्क उपलब्ध गराइएको र यस अगाडि साउन महिनाबाट एशोसियसनले मासिक विशेष उपहार अन्तरगत सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराउदै आएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रमका संयोजक थमनसिंह गुरुङले उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन भएको र चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एशोसिएसनले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई समेटन ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको बताउनुभयो ।

बुद्ध विशाल बजारभित्र करिव दुईसय सटरमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा आएको एशोसिएसनका महासचिव बुद्धिबहादुर कुँवरले जानकारी दिनुभयो ।

Comments
Loading...