कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौँ, ६ पुस। नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबर अघि सम्पन्न मतदानमा देउवा निर्वाचित हुनुभएको हो।

देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्नुभईको छ। देउवाले ६४ मत पाउँदा गगनले भने २५ मत मात्र पाउनुभएको छ। निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

Comments
Loading...