पोखरामा माछापुच्छ्रे ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता,हालसम्मकै धेरै खेलाडीको सहभागी हुँदै

हिमाली आवाज । खेलकुद पर्यटनको सहर पोखरामा देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्य सहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ ।कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखी १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९ औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत टेनिस खेलाडी पोखरा पोखरा आउन लागेको प्रतियोगिता संयोजक समेत रहनुभएका सङ्घका द्धितीय उपाध्यक्ष नविन चालिसेले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता हालसम्मकै धेरै खेलाडीको सहभागिता हुन लागेको हो ।

उहाँले भन्नुभयो,“यो माछापुच्छ«े टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”

प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाका एकल तथा डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष मागि गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा कुल २०३ जना खेलाडीले नाम दर्ता गरेको संयोजक चालिसेले जानकारी दिनुभयो ।

प्रतियोगितामा खुला पुरुष तथा महिला एकलका विजेताले जनही रु ८० हजार र उपविजेताले नगद रु ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनलमा पुग्नेले नगद रु दस हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।

यसैगरी पुरुष तथा महिला डबल्सतर्फ बिजेताले नगद रु ३० हजार, उपविजेताले रु १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद रु दस हजार मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ३५ वर्ष माथि भेट्रान्स एकलतर्फको बिजेताले नगद रु ६० हजार, उपविजेताले रु ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद रु दस हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद रु २० हजार, उपविजेताले नगद रु दस हजार सहित ट्रफि प्राप्त गर्नेछन् ।

यसैगरी ४५ वर्ष भन्दा माथिको एकलतर्फको विजेताले नगद रु ४० हजार, उपविजेताले रु २० हजार र सेमीफाइनालिष्टले नगद रु १० हजारका पुरस्कार पाउनेछन् ।

सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद रु २० हजार, उपविजेताले नगद रु १० हजार तथा सेमिफाइनालिष्टले नगद रु १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको ५५ वर्ष माथिको एकलतर्फको विजेताले नगद रु ३० हजार, उपविजेताले रु १५ हजार, सेमिफाइनालिष्टले जनही नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । डबल्सतर्फको बिजेताले रु २० हजार, उपविजेताले नगद रु १० हजार र सेमिफाइनालिष्टले जनही नगद रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथिको एकलतर्फ विजेताले नगद रु १५ हजार, उपविजेताले नगद रु सात हजार पाँच सय र सेमिफाइनलमा प्रवेश गर्नेले रु दुई हजार पाँच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव रु १६ लाख ५० हजार खर्च हुने सङ्घका कोषाध्यक्ष अनुज बास्तोलाले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरस्कार राशीमा रु सात लाख ४० हजार खर्च हुने छ ।

Comments
Loading...