पोखरामा शनिबार १२ सय जनालाई नेवारी भोज

हिमाली आवाज । नेवाःखल कास्की र नेवाःमिसा पुचःकास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वःभ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचःकास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो ।

साँस्कृतिक गतिविधि मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाःखलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरामा पहिलो पटक २०७२ सालमा झ्वःभ्वयको आयोजना गरिएको थियो । हरेक २÷२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

नेवारी खानका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलिआएको खाद्य संस्कारका बारेमा युवा पुस्तालाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्र योगिनी नाच समेत प्रस्तुत गरिने नेवाःमिसापुचःका संस्थापक अध्यक्ष शान्ती उदासले जानकारी दिनुभयो । उक्त कार्यक्रममा १ हजार २ सय जनालाई भोज खुवाइने लक्ष्य रहेकने उदासले बताउनुभयो । कार्यक्रम भिमसेनटोल स्थ्ति नेवाः छेः मा आयोजना हुने छ ।

कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्नगर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्तिउदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण बिजुक्छे, प्रचारप्रसार संयोजकमा शक्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहनुभएको छ ।

Comments
Loading...