प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने एमाले माओवादी लगायतका दलहरुबीच सहमति

हिमाली आवाज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको दलहरूको बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । ‘सहमतिको ड्राफ्ट तयार हुँदैछ,’ उहाँले भन्नुभयो,‘आज नै बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेस गर्नेछौँ ।

बालकोटमा आज पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ । जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।

Comments
Loading...