प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६७ सांसदको हस्ताक्षर सहितको प्रस्ताव दर्ता

हिमाली आवाज । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६७ सांसदको हस्ताक्षर सहित प्रचण्डलाई प्रधानमन्त्ती बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको हो ।

राष्ट्रपति कार्यालयमा यही एउटा मात्रै प्रस्ताव पेस भएको छ । राष्ट्रपति विद्या भण्डारीले सोही प्रस्तावका आधारमा प्रचण्डलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरिने सम्भावना रहेको बताइन्छ ।

Comments
Loading...