काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले पदभार ग्रहण गर्नुभएको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गर्नुभएको हो ।
प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ लिएपछि शहीपार्कमा पुगेर शहीदको शालिकमा माल्र्यापण गर्नुभएको थियो ।

