हिमाली आवाज । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । काँग्रेसको आज सम्पन्न संसदीय दलको निर्वाचनमा पाण्डेले १८ मत प्राप्त गरे भने गरी प्रतिस्पर्धी भोजराज अर्याललाई पराजित गर्नुभयो ।
अर्यालले आठ मत ल्याउनभुएको थियो । एक मत बदर भएको बताइन्छ । विजयी पाण्डे काँग्रेसमा पार्टी सभापित शेरबहादुर देउवा निकट हुनुहन्छ भने अर्याल शेखर कोइराला निकट भएको बताइन्छ ।
गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ नौ गरी २७ सिट जितेको थियो ।

