कास्कीको मादी वडा नं १ का निर्वतमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा जलेर मृत्यु

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका—१ सिक्लेसका निर्वतमान वडाध्यक्ष सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

हिजो राति ८ः३० बजेदेखी सुरु भएको आगलागीका कारण गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शब घरभित्र जलेको अवस्थामा फेला परेको थियो । गुरुङ विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

मृतक गुरुङकै घरदेखी आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आउनुभएका गुरुङ घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो । उहाँका छोरा÷बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाटसँगैको तौबहादुर गुरुङको घर समेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...