हिमाली आवाज । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा एउटै वडाको छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ टाडीस्थित सालझण्डठी ढोरपाटन सडक खण्डमा सालझण्डीबाट खुर्साने तर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा एउटै वडाको छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
बस दुर्घटना परी मृत्यु हुनेमा पाल्पामा रैनादेवी छहरा गाउँपालिका ८ बस्ने २६ वर्षीय निर्मला घिमिरे, ११ वर्षीय सरुमाया घिमिरे, ५४ वर्षीय खिम कुमारी राना, ४० वर्षीय गुना कुमारी गाहा, २१ वर्षीय दान कुमारी खत्री र १९ वर्षीय बिमा पाण्डे रहनुभएको छ ।
मृत्यु भएकामध्ये निर्मला घिमिरे र सरुमाया घिमिरे आमा छोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रवक्ता एवं सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
बस दुर्घटना परी घाईते भएका १८ जनामध्ये ६ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा र १२ जनाको एड मन सिटी हस्पिटल जिटगढी बुटबल उपचार भइरहेको छ ।

