हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही प्रयास गरेको बताउनुभएको छ ।
आइतबार मन्त्रालयमै आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बरालले आफ्नो डेढ वर्षको छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही सार्थक प्रयास गरेको बताउनुभएको हो ।
राजश्व अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने हिसाबले आर्थिक ऐनमा राजश्वको दर र दायरामा प्रगतिशील करको सिद्धान्तलाई आधार मानि परिमार्जन गर्दा आफु केही आलोचित भए पनि त्यसले समग्र प्रदेशको आन्तरिक श्रोत बृद्धि हुुने उनले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,“यस अभियानले गर्दा प्रदेश सरकारको राजश्वमा तुलनात्मक हिसाबले गुणात्मक वृद्धी हुने निश्चित छ भने जसले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पु¥याउने नै छ । ”
साना तथा टुक्रे योजनालाई निरुत्साहित गर्न खोजेको उल्लेख गर्दै मन्त्री बरालले थोरै बजेटले धेरै योजनामा बजेट विनियोजन हुदा प्रभावकारी नहुने दाबी गर्दै भन्ुनभयो,“गत आर्थिक बर्षहरुको बजेट कार्यक्रमको तुलनात्मक अध्ययन गर्दा हामीले बजेट निर्माण गर्दा सानो र ट्ुक्रे योजनाहरुलाई निरुत्साहित गर्दै ठूला, परिणाममुखी योजना निर्माण तर्फ ध्यान दिन खोजेको संकेतहरु प्रष्टरुपमा देखिन्छ ।” ५ करोड भन्दा मुनिका योजनाहरुलाई सम्बन्धित मन्त्रालयमा उपलब्ध हुने स्रोतको र प्राथमिकताको आधारमा व्यवस्था हुनेगरी सो भन्दा माथिका मात्र योजनाहरुलाई बहुबर्षीय योजनाको रुपमा लैजाने सक्ने व्यवस्था गरेको मन्त्री बरालको भनाई थियो ।
तीन तहका सरकार भए पछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्याक्रम धेरै आवश्यकता नभएको ठानेर बजेट तथा कार्यक्रममा नल्याएको तर त्यसलाई पछि राख्नुपर्छ भन्ने माग भए पछि भने पुर्वाधार विकास कार्यक्रम भनि ल्याउने तयारी गरिएको मन्त्री बरालले बताउनुभयो । हिजो काठमाण्डौं केन्द्रिय राज्य प्रणालीले ल्याएको नियम अब पनि पालना गर्नु पर्छ भन्ने आफ्नो मान्यता नभएको मन्त्री बरालको भनाई थियो । आफुले कार्यान्वयन गर्न खोजेको उक्त अभियान आफ्नो पालामा लागु भएको भए व्यक्तिगत रुपमा थप खुसि हुने उहाँको भनाई छ ।
मन्त्री बरालले आफु २०७८ श्रावण ८ गते गण्डकी प्रदेशको अर्थमन्त्रीको रुपमा कार्यभार सम्हालेको उल्लेख गर्दै आर्थिक स्थायित्व र विकास गर्न केही प्रयास गरेको बताउनुभयो ।
गण्डकी प्रदेशमा अब आउने नयाँ सरकार र मुख्यमन्त्री तथा मन्त्रीहरुलाई समेत मन्त्री बरालले अग्रिम शुभकामना दिदै प्रदेशका गौरवका योजनालाई प्रथामिकता दिन आग्रह गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा अर्थ सचिव बिष्णु प्रसाद शर्मा, स्वकीय सचिव भिम बि.क.(क्षितिज), मन्त्रीका निजी सचिव कृष्ण प्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।

