पोखराको इन्द्रराज्य लक्ष्मी माविमा वार्षिक खेलकुद सुरु

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरमा अवस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ ।

आजदेखि तीनदिन सञ्चालन हुने कार्यक्रमको पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिनाले रेफ्री एवम् विद्यालयका खेलकुद शिक्षक विशाल नेपाली र लक्ष्मण देवकोटालाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो ।

खेलकुद समितिका संयोजक तथा माध्यमिक तह इन्चार्ज बलबहादुर श्रेष्ठको अध्यक्षता एवम् शिक्षक सीता पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापा, चित्रबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अम्गाई, सहायक प्रधानाध्यापक पूर्णभद्र अधिकारी, गोविन्दबहादुर थापा, निर्मल थापा, भुवन भट्टराई, चिनीमाया श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रमका अवसरमा फुटबल, भलिबल, टेबल टेनिस, रिले दौड, कुर्सी दौड, लगायतका विविध खेलकुद आयोजना गरिने छ ।
खेलकुद कार्यक्रममा खेलकुद समितिका सदस्यहरू गोपाल गुरुङ, इन्दु खनाल, गणेश अधिकारी र विशाल नेपालीले संयोजनको भूमिका निर्वाह गर्नुभएको जनाइएको छ ।

Comments
Loading...