हिमाली आवाज । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आज एक सूचना जारी गरी पृथ्वी जयन्तीका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णाय गरिएको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको वर्तमान सरकारको सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो ।
सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

