मनिपाल कलेजमा‘ह्वाइट कोट सेरेमनी’

हिमाली आवाज । पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा‘ह्वाइट कोट सेरेमनी’सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट)प्रदान गरिएको हो ।

आज (मंगलबार) दिपस्थितकलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गर्नुभयो । कोट प्रदान गर्दै उहाँहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना समेत गर्नुभयो । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने सुझाव छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेली शैक्षिक इतिहासका धरोहरजर्ज जोनले विद्यार्थीहरुलाई डाक्टरप्रति आम मानिसको मनोविज्ञान र त्यसमा खेल्नुपर्ने भूमिकाबारे धारणा राख्दै उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जिवनशैलिका लागि महत्वपुर्णहुने बताउनुभयो ।

पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजको गुणस्तर बृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभयो । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उहाँको भनाई छ ।मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभयो ।

कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गर्नुभयो ।

कलेजका पहिलो ब्याचका विद्यार्थि डा. पदम बहादुर खड्काले विगत सम्झिदैँ मनिपालको विद्यार्थि हुनुमा गौरव रहि रहने सुनाउँदै विश्वकै स्वास्थ्य संस्थाहरुमा मनिपालबाट उत्तिर्ण विद्यार्थीहरुको बलियो प्रभाव पर्ने भएकाले मर्यादीत एवं जिम्मेवार भएर अघि बढ्न आग्रह गर्नुभयो ।
सो अवसरमा कलेजका विद्यार्थीएवं गोल्ड मेडलिस्ट डाक्टर जायज अधिकारीलाई सम्मान गरिएको थियो ।

Comments
Loading...