पोखराको ढुँगेसाँघु मेलामा रैथाने बालीसँगै कन्दमुल र कोदोका परिकारको प्रदर्शनी हुँदै

हिमाली आवाज । माघे संक्रान्तिका अवसरमा यही माघ १ गते पोखराको ढुँगे साँघुमा लाग्ने मेलामा रैथाने बालीको प्रदर्शनी हुने भएको छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु महाशाखाले रैथाने बालीसँगै कन्दमुल र कोदोजन्य जात तथा परिकारको प्रदर्शनी आयोजना गरेको हो ।
कृषि महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसमा अवसरमा महानगरस्तरीय जैविक विविधता प्रदर्शनी मेला गर्न लागिएको हो । उहाँले भन्नुभयो,“ मेलामा स्थानिय कृषि जैविक विविधता, हराउन लागेका र रैथाने बाली सगै कन्दमुल तथा कोदो परिकार प्रदर्शनी हुनेछ । यसबाट स्थानीय उत्पादको प्रवद्र्धन हुने विश्वास लिएका छौँ ।”

प्रदर्शनीमा भरतपोखरीको तरुल, मालेपाटन ढोडबेसिको खुदो, बेगनासको रातो अनदी तथा कृस्तिको सुन्तला बिक्री बितरण हुनेछ । “विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको जगेर्ना गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको हो ।” कृषि महाशाखा प्रमुख कडरियाको भनाई छ ।

Comments
Loading...