पोखरामा सुरु भयो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल

हिमाली आवाज । पोखरामा आइतबारदेखी ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा हराएको हो । खेलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोश्रो सेट २५–२० र तेश्रो सेट २५–१६ ले जित निकाल्यो ।

पुरुषतर्फको एक अर्को खेलमा साबिका बिजेता नेपाल आर्मी शसस्त्र प्रहरीको एपिएफ क्लव संग ३–१ को सेटमा पराजित भएको छ । नेपाल आर्मीले पहिलो सेट २५–२० ले जित्दै एपिएफलाई दवाबमा राख्ने प्रयास गरे पनि दोश्रो सेटमा भने एपिएफ खेलमा फर्किदैं २५–२२ ले आफ्नो पक्षमा पार्न सफल मात्र भएन पछिल्ला दुई सेट लगातार २६–२४ र २५–१९ ले जित्यो ।

आइतबार सम्पन्न महिलातर्फका पहिलो खेलमा नेपाल आर्मीको त्रिभुवन क्लवले सहज जित निकालेको छ । खेलमा होङवान्जी न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै जितको यात्रा सुरुवात गरेको हो । टिमकी उत्कृष्ट खेलाडी प्रतिभा मालीको अनुपस्थिती रहेको न्यू डायमण्ड खेलको पहिलो सेटमा न्यू डायमण्डले केही प्रतिस्पर्धात्मक रह्यो ।

पहिले सेट जितको नजिक रहेको न्यू डायमण्डले आफ्नो अग्रता गुमाउँदा २७–२५ ले पहिलो सेट आर्मीलाई सुम्पिन पुग्यो । दोश्रो सेटमा भने आर्मीले २५–१७ ले सहज रुपमा आफ्नो पक्षमा पा–यो । यसै गरी तेश्रो सेट आर्मीले २५–२३ ले जित्दै पहिलो खेल आफ्नो पोल्टामा पारेको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई खेलकुद र स्वास्थ्यको हव बनाउने बताउनुभयो । उहाँले भन्नुभयो,“गण्डकी प्रदेशमा यसका लागि आवश्यक पूर्वाधार तयार छ । मेडीसिटीको हव बनाउने कुरा होस वा खेलकुदको यसलाई व्यवस्थित बनाउँदै गण्डकीलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न चाहन्छौं ।”

Comments
Loading...