पर्यटन व्यवसायी स्व सुदीपको परिवारलाई गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख मृत्यु दावी भुक्तानी

हिमाली आवाज । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले पर्यटन व्यवसायी स्व सुदीप गौतमका परिवारालाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

मर्दी हिमाल पदयात्रा मार्गका संस्थापक समेत रहनुभएका स्व गौतमलाई रु २८ लाख ९७ हजार ३२४ बिमा बापतको रकम भुक्तानी गरिएको हो ।

गौतमले दुई बर्ष अगाडि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नुभएको थियो । गौतमका परिवार कविता अर्याललाई कम्पनीका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले सो रकम बराबरको  चेक हस्तान्तरण गर्नुभएको हो ।

पर्यटन ब्यवसायी गौतमको गत असोजमा मर्दी हाइक्याम्पमा खानेपानी पाइप मर्मत गर्न गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो । बिमा रकम हस्तान्तरण कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई ,एजेन्सी मेनेजर रोमहर्षण पौडेल, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी लिडर बिकल तिमिल्सेना, लिडर मनिषा खाँण लगायतले बिमाको महत्वको बारेमा बताउनुभयो ।

Comments
Loading...