पृथ्वी होटल व्यवसायी समिति १४ औँ वर्षमा, बैँकको ब्याज वृद्धिबाट व्यवसाय थप प्रताडित बनेको गुनासो

हिमाली आवाज । पृथ्वी होटल व्यवसायी समिति आफ्नो स्थापनाको १४ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले आज स्थापना दिवस सहित १० औँ वार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ ।

पृथ्वी होटल व्यवसायी समितिमा पोखराको बजार क्षेत्रमा रहेका होटल व्यवसायीहरु आवद्ध छन् । विसं २०६६ मा स्थापना भएको समितिमा हाल २०० भन्दा माथि व्यवसायीहरु आवद्ध छन् ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघका नेपालका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले कोभिडपछि आक्रान्त बनेको होटल व्यवसाय पछिल्लो पटक बैँकको ब्याज वृद्धिबाट थप प्रताडित बनेको बताउनुभयो ।

उहाँले थुप्रै चुनौतीहरु सामना गरेको होटल व्यवसाय बचाउनका लागि व्यवसायीहरु एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताउनुुभयो ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण न्युरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी एशोसिएसन गण्डकीका अध्यक्ष देवेन्द्र लम्साल, चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष यमनाथ पौडेल, संस्थाका पूर्वअध्यक्ष एवं राष्ट्रिय घरभाडा सरोकार समिति पोखराका अध्यक्ष कमल न्यौपाने, संस्थाका महासचिव जीवन भण्डारी लगायतले होटल व्यवसाय व्यवस्थित हुन सके मात्र सरकारले घोषणा गर्ने पर्यटन वर्ष लगायतका कार्यक्रमहरु सफल हुने भएकाले होटल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।

पृथ्वी होटल समितिले आगामी दिनमा प्रदेश तथा स्थानीय सरकारसँग मिलेर मझौला तथा साना होटल र रेष्टुरेन्टमैत्री ऐन बनाउन पहल गर्ने, पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने, सुरुआती चरणमा पृथ्वीचोक आसपासका क्षेत्रमा पोखरा महानगरपालिकासँग सहकार्य गरी स्ट्रि) पथ नं छुट्टाउने लगायतका कार्यक्रम सञ्चालन गर्ने संस्थाका अध्यक्ष न्यूरेले बताउनुभयो ।

Comments
Loading...