काँग्रेस छिट्टै सरकारमा पुग्छः प्रवक्ता डा महत

हिमाली आवाज । नेपाली काँग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली काँग्रेस छिट्टै सरकारमा पुग्ने बताउनुभएको छ ।

नुवाकोटको तादी गाउँपालिकामा बुधबारदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका डा महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताउनुभयो । काँग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने उहाँले दाबी गर्नुभयो ।

“गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य ग¥यौँ । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो”, प्रवक्ता डा महतले भन्नुभयो, “ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविकरुपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै काँग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।”

प्रतिपक्षमा रहेको काँग्रेसले सत्ता बाहिर रहँदा सरकारको राम्रो कामको प्रशंसा गर्ने र गलत कामको गलत भन्ने मात्र नभई रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने उहाँले चेतावनी दिनुभयो ।

Comments
Loading...