पार्किङ निषेध अव्यवहारिक भएको पोखराका व्यवसायीको ठहर

हिमाली आवाज । पोखराका उद्योगी व्यवसायीले यही माघ २३ गतेदेखि पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय अव्यवहारिक भएको ठहर गरेका छन् ।

पोखरा उद्योग बाणिज्य संघमा बिहीबार भएको भेलामा व्यवसायीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेको छ ।

भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगी÷व्यवसायीहरुले आउँदो आइतबार निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

Comments
Loading...