पोखराको चापाकोटमा माघ २४ देखी सांस्कृतिक महोत्सव

हिमाली आवाज ।पोखरा महानगरपालिका २३ मा पर्ने चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ तयारी अन्तिम चरणमा पुगेको छ ।

यही माघ २४ देखी २८ गते सम्म हुने छ । मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो । मेलामा विभिन्न प्रतियोगिता समेत राखिएको छ ।

नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।

झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

पोखरा २३ का प्रकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरि जनताको आय आर्जनमा वृद्धी ल्याउने लगायतको उदेश्यको साथ महोत्सव आयोजनाको चापाकोट पर्यटन प्रर्वद्धन समिति सचिव घनश्याम पराजुलीले दिनुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि उक्त महोत्सवको आयोजना गरिएको र २५ लाख खर्च अनुमान गरिएको र महोत्सवमा बचत भएको रकमले स्थानिय पर्यटन प्रवद्र्धको लागि खर्च गर्ने घनश्यामले जानकारी दिए ।

लेकसाइ देखी चापाकोट सम्म ठाउँ ठाउँमा सांकेतिक बोड राख्ने, डकुमेन्ट्री निर्माण गर्ने, वेवसाइड निर्माण गरि पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने, पुस्तक पर्चा छपाइ र वितरण गर्ने काम हाम्रो योजना रहेको छ । महोत्सवबाट ३ लाख बचत हुने अनुमान गरिएको छ ।
महोत्वसवमा स्थानिय उत्पादन लस्सी, जमौरा, कोदोको रोटी बिक्री वितरण गरिने छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । सह प्रयोजक चापाकोट देउराली सामुदायीक होमस्टे रहेको छ ।

एउटा ठाउँमा मात्र केन्द्रित नभई सिंगो वडा नं २३ का जनतालाइ जोडदै र सक्रिय सहभागी गराउदै वडाका विभिन्न ठाउँहरु जस्तै मार्गी, ठुलाखेत घाँटीछिना जस्ता ठाउँहरुमा पनि महोत्सव लगाएर अन्य यस्ता किसीमका प्रगतीशील क्रियाकलापहरुको आयोजना चापाकोट पर्यटन प्रर्वद्धन समितिको रहेको छ ।

महोत्सव सफल पार्नको लागि आयोजकले विभिन्न समिति तेकेको छ । कार्यक्रम संंयोजक चेतनाथ देवकोटा, आर्थिक संयोजक इन्द्र प्रसाद पौडेल, संस्कृतिक संयोजक जिवन कुमार सुनार, प्रचार प्रसार संयोजक घनश्याम पराजुली, अतिथि सत्कार संयोजक इन्दिरा पराजुली, खेल तथा मनोरोञ्जन संयोजक विकास राना र मञ्च व्यवस्थापन संयोजक नर बहादुर सुनार रहनुभएको छ ।

 

Comments
Loading...