आज रातिदेखी पेट्रोल र डिजेलको मूल्य वृद्धि, कति पुग्यो ?

हिमाली आवाज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।

पेट्रोल र डिजेलमा प्रतिलिटर ३÷३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले मुल्यवृद्धि गर्नु परेको जनाएको छ ।

यससँगै डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

Comments
Loading...