फेवातालको आम्दानी सबैले लिनुपर्दछ : मुख्यमन्त्री अधिकारी

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको गहनाको रुपमा रहेको फेवाताल संरक्षणमा मुख्य भूमिका स्थानीयवासीको हुने बताउनुभएको छ ।

फेवातालको सिरान पोखरा महानगरपालिका—२३ चापाकोटमा आजदेखी सुरु भएकोे ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उहाँले फेवाको मुहान रहेकाले सोही वडाका नागरिकको ताल जोगाउन महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उहाँले तालको आम्दानी पोखराको वैदामवासीले मात्र उपयोग गर्ने गरेकाले अब पोखरा—२३ का जनतालेपनि तालबाट आम्दानी लिने योजना बनाउनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो,“फेवातालको किनारदेखी सिरानसम्म फैलिएको वडा भएकाले तालको आम्दानी लिने योजना बनाउनुहोस् ।”

मुख्यमन्त्री अधिकारीले पर्यटकीय वडा समेत भएकाले कृषि उत्पादन वृद्धि गरी आयआर्जन बढाउन स्थानीयलाई आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य राजीव पहारी वडाको कुनै क्षेत्रमा पक्की सडक नभएकामा आफ्नो पहलमा सडक कालोपत्रे सुरु भएको बताउनुभयो ।

चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सञ्चालन भएको महोत्सव यही माघ २८ गते सम्म चल्नेछ । मेलामा २५ हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

महोत्सवमा नौमती बाजा, भजन प्रतियोगिता र रत्यौली प्रतियोगितातर्फ प्रथमलाई रु ३३ हजार ३३३,द्धितीय हुनेलाई रु २२ हजार २२२, तृतीय हुनेलाई रु ११ हजार १११ र सान्त्वनालाई रु पाँच हजार ५५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...