हिमाली आवाज । कास्की जिल्लाको उत्तर पश्चिममा अवस्थित चर्चित मर्दी हिमाल क्षेत्रका पर्यटन व्यवसायीहरुको संस्था मर्दी पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।
सो संस्थाको शनिबार पोखरामा सम्पन्न सातौँ अधिवेशनले राजकुमार तामाङको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा खिमबहादुर तामाङ, सचिव प्रदीप गौतम, कोषाध्यक्ष एञ्जिला गुरुङ र सहसचिव अमृत तामाङ चयन हुनुभयो । यसैगरी सदस्यहरुमा खेमबहादुर गुरुङ, यमबहादुर क्षेत्री, मदन क्षेत्री र सुकबहादुर तामाङ चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष राजकुमार तामाङले मर्दी हिमाल क्षेत्रका समस्याहरु समाधान गर्दै सो क्षेत्रलाई देशकै नमूना ट्रेकिङ रुटका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मर्दी पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिको अधिवेशनको प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो ।