चौथो संस्करणको काहुँ धरहरा महोत्सवमा सात किलोमिटर पर्वतीय दौड हुने

हिमाली आवाज । चौथो सस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतिय दौड आयोजना हुने भएको छ ।

आन्तरीक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको हो । आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देश बहादुर गुरुङका अनुसार आगामी फागुन ४ गते देखि सुरु हुने महोत्सवमा ७ किलोमिटर दुरीमा पर्वतिय दौड हुनेछ ।

पोखरा महानगरपालिकाको रानीपौवादेखि काहुँडाडासम्मको ७ किलोमिटर दुरीमा दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागिताका लागि दर्ता खुलिसकेको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।। प्रतियोगितामा प्रथम हुनेले १० हजार , दोश्रो हुनेले ७ हजार , तेश्रोले ५ हजार पाउनेछन् भने चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैया नगद र उत्कृष्ट २० जनालार्ई मेडल प्रदान गरीनेछ । महिलातर्फको ईभेण्टमा पनि सोही बराबरको पुरस्कार राशी राखिएको छ । फागुन ४ गते हुने महोत्सवको उद्घाटनका दिन बिहान दौड आयोजना हुनेछ ।

पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो पटक काहुँ धरहरा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

क्लवका अध्यक्ष देव बहादुर गुरुङले काहूँको शुन्दरता र  त्यहाँ अवस्थित धरहरालाई प्रचारप्रसार गरी आन्तरिक पर्यटनको बृद्धि गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । २०२६ सालमा निर्मित काँहु धरहरा मुख्य बजारबाट नजिकै रहेरपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उहाँको ठम्याई छ ।

काहुँ घरहरालाई पोखराको दृष्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्न महोत्सवको उल्लेख्य भूमिका खेल्ने विश्वास छ ।  यसअघि २०६२, २०६५ र २०७५ सालमा क्वलवले महोत्सव सम्पन्न गरिसकेको छ । काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिन्छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ ।

Comments
Loading...