सकियो चापाकोट महोत्सव

हिमाली आवाज । चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखी सुरु भएको महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा विभिन्न विधामा प्रतियोगिता राखिएको थियो । नैमती बाजा प्रतियोगिता पहिलो सगरमाथा नैमती बाजाले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो सिन्धुली कला घरले २२ हजार २ सय २२ रुपैयाँ तेस्रो चापाकोट नैमति बाजाले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना सेदि बगर पञ्चेबाजाले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् ।

खुल्ला भजन तर्फ पहिलो पञ्चासे भजन समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो ओखलढुङ्गा भजन समूहले २२ हजार २ सय २२ रुपैयाँ तेस्रो घडेरी भजन समूहले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना औसलु चौर भजन समुहले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् ।

रत्यौली प्रतियोगितामा पहिलो शिवशक्ति आमा समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो शहनसिल आमा समूह बाम्दीले २२ हजार २ सय २२ रुपैया तेस्रो सिद्व बराहा मावि शिक्षिका समूहले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना लौरुक आमा समूह र लालिगुरास आमा समूहले प्रति आमा समूहले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् ।

बाल नृत्य एकल र सामुहिक तर्फ पहिलो आरऐन सन्जेलको समूहले २ हजार ५ सय दोस्रो आयुस्मा सुनारले २ हजार तेस्रो सनराईजि बोढिङ् स्कुलले १ हजार ५ सय सन्तवना रश्मि परियार र मुस्कान गुरुङले प्रति समूह १ हजार पाएका छन् ।

झाँकी तर्फ पहिलो हर्पन खोला तमु समाजले ५ हजार दोस्रो राम मन्दिर आमा समूहले ३ हजार तेस्रो मारकी टोल गुरुङ समूहले २ हजार र सन्तवना मैदान पोखरी आमा समूहले १ हजार रुपैयाँ जितेको छन् ।

राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले देशको विभिन्न तहमा बस्दा बिकास निर्माणका काम गर्न सहयोग गरेको बताउनुभयो ।

Comments
Loading...