भ्यालेन्टाइन डेमा पोखराको होटल रानिवन आर्केटमा विशेष कार्यक्रम ,धर्मेन्द्र सेवानको बेजोड प्रस्तुति रहने

हिमाली आवाज । पोखरा लेकसाइड गौरीघाट स्थित होटल रानीवन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो वारले फागुन २ गते प्रणय दिवसको  (भ्यालेन्टाइन डे )को अवसर पारेर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ ।

वसुधैव कुटुम्बकम the world is one family भन्ने नाराका साथ आन्तरिक तथा बाह्य  पर्यटकलाई लक्षित गरि   नेपालका ख्याती प्राप्त कलाकार धर्मेन्द्र  सेवान र उहाँको टोलीले विशेष साँगितिक कार्यक्रम गर्ने होटलका संचालक हरि भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णप्रिय संगीतको माध्यमबाट युवा युवती , युगल जोडी र परिवारलाई मनोरन्जन दिन साँझ ५ बजे पछि  पूर्ण पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गरिनेछ ।   संगीतिक कार्यक्रमसंगै विभिन्न परिकारका व्यन्जन र पेय पदार्थसंगै रमाइलो वातावरणमा आफन्त, परिवारजन संग रमाउन मिल्ले वातवरण व्यवस्था गरेको कुरा अर्का संचालक एवम् कार्यक्रम संयोजक कुशबहादुर भुजेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुनका लागि टिकटको ब्यबस्था गरिएको छ।  प्रत्येक  टिकटमा २ जनाको लागी बुफे खाना र पेय पदार्थको  ब्यबस्था गरिएको र लक्की ड्र मार्फत ३ जना विजेतालाई होटलले विशेष प्याकेजको उपहारको पनि ब्यबस्था गरिएको भुजेलले जानकारी दिनुभयो ।

Comments
Loading...