सृजना बहिरा विद्यालय ३५ औँ वर्षमा

हिमाली आवाज । सृजना विकास केन्द्रको परिकल्पनामा स्थापित सृजना बहिरा विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वि.सं. २०४४ मा केन्द्रको नेतृत्वमा नेपालको पहिलो बहिराहरुको लागी स्थापित विद्यालयलाई स्वात्त रुपमा पोखरा २६ मा कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ ।

विद्यालयले स्थापना देखि योगदान गर्ने पूर्व शिक्षक एवं केन्द्रका सचिव भिमप्रसाद सुवेदी, पूर्व अध्यक्ष ऋषिराम पौडेल, उमा गोशली, विश्वराज बाँस्तोला सहित उत्कृष्ट विद्यार्थी तथा कर्मचारीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान गर्नुभएको थियो ।

प्रविधिमैत्री शिक्षामा महानगरले सहयोग गर्ने बताउँदै महानगरले सामुदायिक विद्यालयहरुमा नर्सको सेवा दिन लागिएको प्रमुख आचार्यले बताउनुभयो ।

सृजना विकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाले बहिरामैत्री शिक्षासहित सिपमूलक कार्यमा विद्यार्थीको सहभागिता गराउन विद्यालय लाग्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य प्रकाशलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष हरिप्रसाद बराल, रिषिराम पौडेल, गण्डकी बहिरा संघका अध्यक्ष आईलाल शाही, प्राचार्य अनिता सिग्देल, लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ, वार्ड नं. २६ का अध्यक्ष नरेन्द्र थापा, सल्लाहकार गणेशभक्त अधिकारी, विद्यालयका सहायक प्राचार्य राजेन्द्र प्रसाद शर्मा, शिक्षक रुद्र पहारी, सावित्री बराल लगायतले आ आफ्नो धारणा राख्नुभयो ।  ४२ जिल्लाका २४६ जना छात्र छात्रा रहेको विद्यालयमा ३०० भन्दा बढी आवासीय विद्यार्थी रहेका छन् ।

Comments
Loading...