’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकार्पण

राजेन्द्र न्यौपाने
हिमाली आवाज । ‘जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापर्ण भएको छ ।

पुस्तकका लेखक पत्रकार सागर पन्त र माओवादी नेता अकुर तिमिल्सिना रहनुभएको छ । पुस्तकको जनयुद्ध दिवसको अवसर पारेर माओवादी नेता तथा नेपाल सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ लोकार्पण गर्नुभयो ।

गण्डकी गाउँपालिकामा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा जनयुद्धमा गण्डकी गाउँपालिकाको भूमिका, गण्डकीबाट बलिदान गर्ने शहिदहरुको विवरण, प्रजातन्त्र स्थापना देखि हालसम्मका जनप्रतिनीधिहरुको विवरण, जिल्ला भरीका शहिदलहरुको विवरण समेटिएको छ ।१८० पृष्ठको उक्त पुस्तकमा युद्धका क्रममा भएका वास्तविक घटनाका सँस्मरणहरु लेखिएका छन् ।

कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारी, पालिकाका जनप्रतिनीधि, कर्मचारी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।

Comments
Loading...