हिमाली आवाज । पोखरामा पत्रकार केशव पाठकलाई मातृशोक परेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष समेत रहनुभएका पाठककी आमा नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवास पोखरामा हिजो निधन भएको हो । यसैबीच नेपाल खेलकुद पत्रकार मञ्चले आमाको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो ।

मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको असामयिक निधन भएको दुःखद खबरले नेपाल खेलकुद मञ्च गण्डकी स्तब्ध र शोकमग्न भएको छ ।’ भनिएको छ ।
उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट पीडित स्व पाठकको बिहीबार साँझ रामघाटस्थित सेती नदीमा अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गिय पाठकका श्रीमान्, चार छोरा र २ छोरी रहेका छन् ।