पोखराको खुँडेपोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु

हिमाली आवाज । पोखरा महानगरपालिका—५ प्रस्याङ स्थित खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

पर्वत घर भइ हाल पोखरा–५ धारापानीमार्गमा बस्दै आएका सुनिता केसीका चार वर्षीय छोरा सुहान केसी हिजो साँझ ६ः०० बजेदेखी हराइरहेकामा खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले आज अपरान्ह पोखरीमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘रेस्क्यु’टोलीले बालक पोखरीमा डुबेको आशंकामा खोजी गरेको थियो ।घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेपछि हिजोदेखीनै खोजी सुरु गरिएको खड्काले बताउनुभयो ।

Comments
Loading...