पोखरा कलेज अफ म्यानेजमेन्टका विविए र विसिआइसका ७८ विद्यार्थी दीक्षित

हिमाली आवाज । पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले कलेजबाट स्नातक तह उत्तीर्ण विद्यार्थीको सम्मानमा मंगलबार ग्रेजुएसन समारोह सम्पन्न गरेको छ । समारोहमा बिबिए र बिसिआइएस कार्यक्रममा गरी ७८ विद्यार्थीलाई ग्रेजुएसन गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताउनुभयो ।

समारोहमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीले समाजको हितमा प्रयोग गर्नुपर्ने बताउनुभयो । यस वर्ष दीक्षित विद्यार्थीलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउनु आग्रह गर्नुभयो ।

समारोहमा पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्राडा विनायकप्रसाद भद्रा, कलेजका प्राचार्य डा चैतन्यराज अधिकारी र उपप्राचार्य लिना नेगी श्रेष्ठ लगायतले भनाई राख्नुभएका थियो ।

कलेज व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कोमलप्रसाद तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजमा हाल स्नातक तहमा बिबिए र बिसिआईएस (आइटी) कार्यक्रम अध्ययन अध्यापन हुने बिसिआईएस कार्यक्रम संयोजक हरिप्रसाद बरालले बताउनुभयो ।

Comments
Loading...