माछापुच्छ्रे गाउँपालिकाका वडाअध्यक्ष गुरुङद्धारा कर्मचारीमाथि कुटपिट, सर्वत्र आलोचना

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडानम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङले आफ्नै वडाका कर्मचारीमाथि हातपात गर्नुभएको छ ।शुक्रबार बिहान वडाध्यक्ष गुरूङले वडाका सब इन्जिनियर लक्ष्मण जिसीमाथि कार्यकक्षमा हातपात गरेको बताइन्छ ।

काम गर्ने गराउने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरूङले हातपात गरेको र हातहालाहालमा जिसीको नाकमा चोट लागेको छ ।
वडाध्यक्ष गुरूङले सामुदायिक होमस्टे कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न आग्रह गर्दा नमानेको र त्यही विषयमा धकेलाधकेल भएको हिमाली आवाजसँग बताउनुभयो ।

इन्जिनीयर जिसी शुक्रबार कार्यालय आएपछि कुरा गर्दा एग्रेसिभ भएर आफैलाई हेल्मेटले हान्लान्जस्तो गरे पछि डिफेन्स गरेको दावी वडाध्यक्ष गुरुङको छ । जिसीले वडाध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सुरक्षा माग गर्दै उजुरी दिनुभएको छ । कर्मचारी माथि हातपातभएपछि माछापुच्छ«े गाउँपालिकाका कर्मचारीले हिजो पेन डाउन गरी सबै काम रोकेका छन्।

उनीहरुले वडाध्यक्ष गुरुङमाथि कारवाहीको माग गरेका छन् । यसैगरी कास्कीका सबै कर्मचारी संघसंगठनले पनि घटनाको विरोध गरेका छन् । राष्ट्रसेवक कर्मचारी कुटिएको भन्दै घटनाको सर्वत्र आलोचना भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ, नेपाल निजामती कर्मचारी कर्मचारी सगठन, कास्की, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती लगायतले विज्ञप्ति मार्फत घटनाको आपत्ति जनाएका छन् ।

Comments
Loading...