सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि शुक्रलाई

हिमाली आवाज । पोखरामा सञ्चालन भएको सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्र बहादुर राईले जित्नु भएको छ ।प्रोफेसनल गल्फर एशोसिएसनको आयोजनामा पोखराको हिमालय गल्फ कोर्समा सञ्चालन भएको प्रतियोगितामा नेपालका नम्बर एक प्रोफेसनल गल्फर राईले पार ६९ प्रतिस्पर्धामा पाँच अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पार्दैै उपाधि जित्नु भएको हो ।
उहाँले समग्रमा एक अन्डर दुई सय छ को स्कोरमा साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले हराउँदै करियरको नवौं उपाधि जित्नुभयो । उपाधिसँगै उहाँले रु एक लाख ४० हजार पुरस्कार पाउनुभयो ।१३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले अन्तिम दिन दुई अण्डर ओभर ७१ खेल्दै समग्रमा एक ओभर दुई सय आठ सहित दोस्रो हुनुभयो । एमेच्योरतर्फ भने सुवासले उपाधि जित्नुभयो । सुवासले अजित बिकेलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा पराजित गर्नुभएको हो ।

प्रोफेसनलतर्फ भुवन नगरकोटी र सञ्जय लामा तीन ओभर दुई सय १० स्कोर सहित संयुक्त रुपमा दोस्रो हुनुभयो। आज भुवनले तीन ओभर ७२ र सञ्जयले दुई ओभर ७१ खेल्नुभयो। दुवैले ७८ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नुभयो। इभन पार ६९ सहित समग्रमा पाँच ओभर दुई सय १२ को स्कोरमा जयराम श्रेष्ठ चौंथो हुदै ५५ हजार पाउनुभयो।
भेट्रान गल्फर रामे मगरले अन्तिम १८ होलको खेल पाँच ओभर ७४ मा सकाउँदै समग्रमा छ ओभर दुई सय १३ स्कोर सहित पाँचौ हुँदा ४७ हजार नगद पुरस्कार प्राप्त गर्नुभभयो ।

Comments
Loading...