पाँचौं सृजना कप भलिबल:छात्रातर्फ शान्ता र कन्या तथा छात्रतर्फ राष्ट्रिय र ब्रम्हरुपा फाइनलमा

हिमाली आवाज । पाँचौं सृजना कपमा छात्रातर्फ साविक विजेता शान्ता मावि र कन्या मावि फाइनल प्रवेश गरेका छन् । छात्रतर्फ राष्ट्रिय मावि र ब्रम्हरुपा माविबीच उपाधि भिडन्त हुने भएको छ ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा बिहीबार छात्रातर्फ पहिलो सेमिफाइनलमा शान्ताले जनप्रियलाई २५–१७, २२–२५ र २५–१७ सेटमा पराजित गरेको हो ।

कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनलमा कन्या सोझो सेटमा विजयी हुँदै उपाधि नजिक पुगेको हो । जसमा २५–८ र २५–८ सेट निस्केको थियो ।छात्रतर्फ राष्ट्रिय र जनप्रियबीच पहिलो सेमिफाइनलमा राष्ट्रियले २५–१२ र २५–१९ सेटमा हराएको हो । दोस्रो सेमिफाइनल ब्रम्हरुपा र शान्ता माविबीच भएकोमा ब्रम्हरुपा खेल जित्दै फाइनल पुगेको हो । जसमा २५–२०, १८–२५ र २५–२२ गरी २–१ सेटमा हराएको हो । छात्रतर्फ फाइनल शुक्रबार मध्यान्ह १२ बजे हुनेछ । त्यसअघि छात्रातर्पmको फाइनल तथा तेस्रो स्थानका खेल हुने रेफ्री संयोजक गोपाल थापाले बताउनुभयो ।

बिहीबार नै छात्रतर्फ प्रिक्वाटरमा जनप्रियले राष्ट्रिय माविलाई २–१ सेटमा हराउँदै मेश्रम वराहसँग चौथो क्वारफाइनल खेलेको हो । जसमा जनप्रियले मेश्रमलाई २–१ सेटमा पराजित गरेको थियो ।

गोगनले सीतारामलाई २–१ सेटमै पाखा लगाउँदै राष्ट्रिय माविको दोस्रो टिमसँग पहिलो क्वारफाइनल सुनिश्चित गरेको थियो । तर राष्ट्रिय माविले गोगनको चुनौती २५–१६, १८–२५ र २५–२२ पन्छाउँदै सेमिफाइनल पुगेको थियो ।त्यस्तै, प्रिक्वार्टरमै ब्रम्हरुपाले वाराहीलाई सोझो सेटमा हराउँदै भगवतीसँग तेस्रो क्वाटरफाइनल खेलेकोमा सोझो सेटमा जीत निकाल्दै अन्तिम चारमा पुगेको थियो ।

तालवाराहीले शान्तालाई दोस्रो क्वार्टरफाइनलमा २५–१८, २७–२५ मा हराए पनि प्रोटेस्ट परेपछि शान्ता अन्तिम चारमा पुगेको हो ।सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले विद्यार्थीको भलिबल प्रतिभा प्रष्फुटनमा प्रतियोगिताले सघाउ पुगेको बताउनुभयो ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो । छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका हुन् ।

Comments
Loading...