पोखराको पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटरबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा

हिमाली आवाज । पोखराको लामाचौर स्थित इन्जिीनियरिङ अध्ययन संस्थान पश्चिमान्चल क्याम्पसमा पहिलो पटक काठमाडौँ बाहिर शैक्षिक बर्ष २०७९÷०८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स बिषयको प्रवेश परीक्षा लिइएको छ ।

जिओम्यटिक्स बिषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने बिद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा कम्प्युटरबाट परीक्षा लिने व्यवस्था मिलाईएको जानकारी क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मल प्रसाद बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य बिषयहरू अध्ययन गर्न चाहने बिद्यार्थीहरूका लागि पनि  पश्चिमान्चल क्याम्पसमा प्रवेश परीक्षा दिन मिल्ने व्यवस्था गरिने छ । कम्प्युटरबाट परीक्षा सञ्चालनका लागि आवश्यक अन्य प्राविधिक तयारी पूरा भएको बरालले बताउनुभयो ।

इन्जिीनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययन गर्न चाहाने बिद्यार्थीले प्रवेश परीक्षा दिन यस आगाडी काठमाडौँ  नै धाउन पर्ने बाध्यता यससँगै हटेको क्याम्पसका प्राविधिक दीपकराज गिरीले बताउनुभयो ।

इन्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसले विभिन्न नविनतम विषयमा कक्षा सञ्चालन गर्दै आएको छ । क्याम्पसले गत वर्षदेखी स्नातकोत्तर तहमा देशमै पहिलोपटक सुरुङ इन्जिनियरिङको पढाई सुरु गरेको थियो ।

Comments
Loading...