प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित

हिमाली आवाज । प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ ।

शनिबार पोखरामा सम्पन्न संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यसैगरी संस्थाको उपाध्यक्षमा राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी र सहसचिव दीपा पौडेल भण्डारी चयन हुनुभयो । कार्यसमितिको सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना हुनुहुन्छ। अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो।

Comments
Loading...