शितल ज्योति कप फुटबल : एलजी एकता, शितलज्योती, दीप युनाइटेड, तारा र शितलज्योती ब्लु प्रिक्वाटरफाइनलमा

हिमाली आवाज । पोखरामा अमरसिँहचौरमा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलहरुमा एलजी एकता, शितलज्योती, दीप युनाइटेड, तारा एफसी र शितलज्योती ब्लु प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबारको पहिलो खेलमा शितलज्योती‘बी’ले तिला एफसीलार्ई पेनाल्टी सुटआउटमा ९—८ गोलअन्तरले पराजित गरेको छ । खेलको नियमित समयमा दुबैतर्फबाट गोल हुन नसक्दा टाइब्रेकरमा शितलज्योती विजयी भएको हो ।

त्यसैगरी दोस्रो खेलमा एलजी एकताले इलाइट एफसीमाथि १—० को कठिन जित निकाल्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफलभयो । एलजीका रुविन गुरुङले खेलको २४ आँैँ मिनेटमा गरेको गोल खेलमा निर्णायक बन्यो ।

यसैगरी दीप युनाइटेडले एलजी एशोसिएसनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । खेलको नियमित समयमा पहिलो हाफमा दुबै टोलीबाट समान एक÷एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेकामा दीपले ३—१ गोलले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
चौथो खेलमा तारा एफसीले केआइइसी बुन एफसीलाई १—० गोलले पराजित गरी प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा ताराका सन्दीप तामाङले गरेको गोल टोलीलाई अघिल्लो चरणमा पु¥याउन निर्णायक बन्यो ।

अन्तिम खेल नयाँ गल्ली एफसी र शितलज्योती ब्लुबीच तय भएकामा नयाँगल्ली सहभागी नभएपछि वाकओभर पाउँदै शितलज्योती अघिल्लो चरणमा प्रवेश गरेको प्रतियोगिताका रेफ्री सौरव गुरुङले जानकारी दिए ।

फागुन २७ सम्म चल्ने प्रतियोगितामा २९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने टिमले १० हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिता यही फागुन २० गतेदेखी सुरु भएको हो ।

Comments
Loading...