रेडियो जननीको वार्षिकोत्सवमा तीन जनालाई जननी अवार्ड

हिमाली आवाज । पद्मावती मिडिया प्रालिद्धारा सञ्चालित रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो दशैँ वार्षिकोत्सव मनाएको छ । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवुरमा रेडियो आफ्नो वार्षिकोत्सव मनाएको हो ।

पोखरा आयोजित कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै मेयर आचार्यले अझै पनि हामी पछाडी नै रहेको भन्दै महिलाहरु ३३ प्रतिशतमा रमाएर बस्न नहुने बताउनुभयो । सुचनाको विकाससँगै असर सञ्चारकर्मी उत्पादनमा हामी चुकेको उहाँको भनाई थियो । महिला दिवसमा महिला उद्यमशिलताको चर्चा कम हुने आचार्यले बताउनुभयो । उहाँले ह्याण्डीक्राफ्टको प्रमोशन गर्नुपर्ने बताउँदै व्यक्तिगत प्रयोगको लागि मात्र नभएर समाजलाई फाईदा हुने किसिमले प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वागत गर्दै कार्यक्रम तथा रेडियोका अध्यक्ष हिरा भट्टराईले रेडियोले महिला मुद्धालाई आवाजमा रुपान्तरण गरि प्रसारण मात्रै नभएर टोल टोलमा पुगेर महिला दिदिबहिनीहरुसँग प्रत्यक्ष सहकार्य गर्दै सीपमूलक तालिमहरु सञ्चालन गर्ने, महिला दिदिबहिनीहरुलाई अगाडी बढाउन उत्प्रेरणा जगाउने जस्ता अभियानहरु पनि सञ्चालन गर्दै आईरहेको बताउनुभयो । भट्टराईले रेडियो जननी ९०.६ मेगाहर्जले आमा अक्षकोष पनि स्थापना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जसको सुरुवात हामी आफैले हाम्रो आमाको नाम बाट अक्षकोष स्थापना गरेर सुरुवात गरेका छौ ।” भट्टराईका अनुसार रेडियोले यही बर्षबाट रेडियो जननीको आजिवन सदस्यता पनि प्रदान गर्न सुरुवात गरेका छ जसको संयोजक सामाजिक अभियान्ता मैया थापाले गर्नुभएको छ ।

उक्त अवसरमा जननी अवार्डवाट सामाजिक अभियन्ता मैया थापा, पद्यमावती अवार्डवाट क्यान्सर विरुद्धको अभियानका अभियन्ता लक्ष्मि शर्मा भट्टराई र स्याबी अवार्डवाट गुन्यु चोलो बुटिकका सुष्मा पाण्डेलाई सम्मान गरिइएको थियो । सम्मानित तीनै जनाको परिषय रेडियोका कार्यक्रम प्रस्तोता सबु पाठकले गर्नुभएको थियो । रेडियोका संस्थापक तथा सल्लाकार वरिष्ठ पत्रकार नारायण कार्कीले संस्थाको बारेमा जानकारी गराउनुभएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, पोखरा महानगर वडा नं. २ का वडाध्यक्ष दिवस प्रधानाङ्ख, गण्डकी प्रदेश सामाजीक विकास कार्यालयका अधिकृत प्रमुख इन्द्रबहादुर थापा, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.कुष्माकर न्यौपाने, सम्मानित व्यक्तित्वत्रय मैया थापा, लक्ष्मी शर्मा भट्टराई, सुष्मा पाण्डे, गृहलक्ष्मी ग्यास डिपोका सञ्चालक धर्मराज वर्तौला लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा रेडियोका आजीबन सदस्यहरुलाइ प्रमुख अतिथिवाट प्रमाणपत्र वितरण गरिइएको थियो । उक्त अवसरमा उद्यमशिलता सम्बन्धी अभिमुखीकरण तथा मानव अधिकारका लागि कानुनी सचेताना कार्यक्रम पनि आयोजना गरिएको थियो । कानुनी सचेतनाका लागि प्रहरी कार्यालय कास्कीले र उद्यमशिलताको लागि तालिम परामर्शदाता भक्तराज रसाईलीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम संयोजक सविता शेरचनले धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता जमुना वर्षा शर्माले गर्नुभएको थियो ।

Comments
Loading...